जब हामी साना साना हुन्छौ करिव ५ वर्षदेखी १५ वर्ष सम्मको उमर । त्यो बेलामा हामी जहाँ जान मन गर्दैनौ तैपनी विहानै खाना खाएर तयार भएर हतारहतार खरायोको चालमा पुग्छौ । अनि जान मन नलाग्ने ठाउँबाट छुटेर घर आउन पाउदा जति खुशी हुन्छौ तैपनी कछुवाको गतिमा घरमा आउछौ । हो त्यो जाने ठाउँ हो "स्कूल/विद्यालय" ।
हो हामी पनि कछुवाको लयमा घर फकथ्यौ त्यो बेला कारण मिलनसार साथीहरु संगको यात्रा । प्रभाश सेरचन, मधु गौचन, रामराज पराजुली, मधुसुधन पराजुली आदी साथीहरुसंगको सहयात्रा थियो त्यो बेला । अनि यो यात्राको क्रममा ५/५ मिनेटको फरकमा प्रभासको जोक्स प्रष्फुटनले झन यात्रा चाल पत्तै हुदैनथ्यो । हामी दिनहुँ सेती नदीको कुलोलाई गुगल म्याप बनाएर घरको यात्रा तय गर्दथ्यौ ।
हो करिव ३३ वर्ष भन्दा अगाडीसम्म चलेको त्यो निरन्तरता र ति निरन्तरताका साझेदारहरुसंग अहिले भेटघाट र निरन्तरताको सम्भावना करिव करिव मुस्किल थियो । यसैक्रममा एक दिन यहि साझेदार मध्यका एक साझेदार अर्थात साथी धन बहादुर जी उहाँ पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष्य तथा पोखरा महानगरपालिकाका प्रबक्ता पनि हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालमा सानो एक लाइन पोष्ट गर्नु भयो "हामी अध्ययन गरेको विद्यालयमा केहि गर्न चाहन्छौ" यो व्यहोरा देखेपछि तुरुन्त सम्पर्क गरे र उहाँले भन्नु भयो हामी चाँडै पोखरामा सम्पर्कमा रहेका साथीहरु मिलेर सवैसंग सम्पर्क गर्नसक्ने कुनै प्रयास तथा कार्य गर्दैछौ । भन्नु भयो र चाँडैनै एउटा योजना सहित स्कूले सहयात्रीलाई एकत्रित गर्ने कार्य शुरुभयो । यो कार्यमा पोखारामा रहनुहुने सबै साथीहरु लागि परेर सम्भव भयो । "चैतन्य" "सुर्य" "प्रकाश" "मोहन"ले "अन्तिम" सम्म लागि परेकोको देखे ।
त्यसपछि थुप्रै साथी जोडिए सबै नाम लिदा कोहि छुट्न सक्छ त्यसैले सबैको नाम उल्लेख गर्न सकिन र आज धेरै साथीहरु माझ सामाजिक सञ्जाल मार्फत बिस्तारै जोडिदैछौ । यो यात्राले निरन्तरता पाउनेछ । एकदिन प्रत्यक्ष भेटको अवसर मिल्ला । आशा गरौँ । सबै साथीहरु प्रति दिर्घायु तथा प्रगतिको कामना ।
बिशाल जीत पालिखे
हालः भक्तपुर, नेपाल