Wednesday, May 15, 2024

एउटा चिकित्सकको सानो लापर्वाहीले गर्दा

 आजको ठिक १ वर्ष अघि बिहान २ः३० बजे अचानक श्रीमतीको हात र खुट्टा चल्न छोडयो दायाँतिरको र तुरुन्त साढे २ महिनाको शिशु र ६ बर्षको छोरी सासु ससुराको जिम्मा लगाएर हामी लाग्यौँ सिधै ललितपुरको नख्खु स्थित नेपाल मेडिसीटी अस्पतालमा । बिहानको ३ः३८ बजे पुग्यौ सिधै आकस्मिक बार्ड अर्थात इमरर्जेन्सीमा तर डाक्टर सुतेको भएर करिव आधा घण्टामा आइपुग्यो बिरामी निरिक्षण वा परिक्षण गर्न । 

अल्कोहल टेष्ट विभिन्न टेष्ट गर्यो अनि प्रेसर अर्थात उच्च रक्तचापका कारण यस्तो भएको होकी भनेर उच्च रक्तचापको औषधी दियो । यो समस्या संग जानकार चिकित्सकसंग सम्पर्क गर्ने प्रयास पनि निरन्तर चलिनै रह्यो । तर विहान ५ बजेपछी मात्र सम्पर्कमा आयो यो समस्यासंग जानकार चिकित्सक संग इमरर्जेन्सीको चिकित्सकको र जानकार चिकित्सकको सुझाब बमोजिम परिक्षण कार्यको बल्ल शुरुवात भयो । परिक्षण विहान देखी बेलुकी ७ बजे सम्म चल्यो र त्यो दिनभरको परिक्षणको बिल दियो २ लाख ५६ हजारको त्यसपछि ३ दिन एम.आइ.सि.यु. त्यसपछि बार्डको बसाइ अनि उपचार पैसाको त कुरै रहेन ।

यति प्रकृया गरिसकेपछी बल्ल एउटा निर्णय भयो प्यारासिस भएको । चिकित्सकको २२ बर्षको अनुभवमा यो दोश्रो विरामी रे । १० दिन अस्पतालको बसाइ पछि नियमित फिजियो थेरापी शुरु भयो त्यही अस्पतालमा । थेरापी त अस्पतालमा बसेको ३ दिन देखीनै शुरु भएको थियो । करिव २ महिना भन्दा बढीको नियमित थेरापी पछि करिव ७० देखी ८० प्रतिशत सम्म सफल भयो उपचार ।

भएको के थियो त ?

गर्भावस्थाको नियमित परिक्षण तथा  उपचारकालागि हामी काठमाण्डौको मध्यबानेश्वर स्थित एक क्लिनिकमा नियमित जाने गरेका थियौँ । यो भन्दा पहिलाको बच्चाकालागि नर्भिक अस्पतालमा डा. कुन्दु यांजोम संग परामर्श लिएका थियौँ यो पटक नर्भिक अस्पतालले हाम्रो एउटा बिलको रकम फिर्ता गर्नुपर्ने गर्न नमानेको र पार्किगको साह्रै समस्याका कारण यो पटक नेपाल मेडिसिटी अस्पतालमा जाने निधो गर्यो र त्यसैकोलागि त्यो अस्पतालमा कार्यरत चिकित्सकको क्लिनिकमा नियमित देखाउन थालेका थियौँ मध्यबानेश्वर काठमाण्डौमा ।


हामीले नियमित मध्यबानेश्वर स्थित नेपालमेडिसिटी अस्पतालमा कार्यरत चिकित्सकको क्लिनिकमा जाँच गरिरहेको थिए । एकदिन मध्य रातदेखी कामज्वरो आउन थाल्यो करिव करिब आठौ महिना तिर त्यसपछी त्यस चिकित्सकलाइ सुचना गरियो र चिकित्सकको सल्लाह बमोजिम बिहानै नेपाल मेडिसिटी अस्पताल पुर्यायौ । ज्वरो कमनै भएन तुरुन्त अस्पताल भर्ना गर्नुपर्यो । ६ दिनको बसाइपछि बल्ल ज्वरो कम भएर घरमा आयौँ । 

पछि ९ महिना शुरु हुनासाथ यो ज्वरो आउने समस्याका कारण बच्चा अपरेशन गरेर निकाल्यौँ । तर हामीले जुन चिकित्सकलाई देखाइ रहेको थिए मध्यबानेश्वर स्थित क्लिनिकमा उक्त चिकित्सक १० बजे आउछ भनेर कुरायो प्रिअप रुममा बिहान ८ बजेदेखी । तर उक्त चिकित्सकले नाकमुखनै देखाएन अर्थात आउदै आएन । अन्यचिकित्सकको टोलीले उपचार गर्यो हामी त्यही चिकित्सकको टिम हो भनेर । त्यतिबेला अपरेशन गरेपछी मात्र थाहा भयो एकमहिना अगाडी ज्वरो आउनाको कारण । 

ज्वरो आउनुको समस्यापनि निराकण गरेको जानकारी चिकित्सकको टोलीबाट जानकारी भयो । शिशुको पनि सकुशल जन्म भयो र हामी अस्पतालमा ४ दिन बसेर घरमा आयौँ ।

हामी ४५ दिनको फलोअपको जानकारी दिएको थियो त्यही अनुसार अस्पतालमा गयौ त्यो बेलापनि उक्त मध्यबानेश्वरमा क्लिनिक चलाउने चिकित्सकले अर्को चिकित्सकलाई बिरामी जिम्मा दिएको रहेछ ।


नयाँ चिकित्सकबाट के भया त ?

नयाँ चिकित्सकले तपाइको प्रशर छ प्रेशरको औषधी खानुपर्छ भन्यो । घरमा एकहप्ता प्रेशर बिहान दिउसो र बेलुकी चेक गर्नु र त्यो रेकर्ड लिएर एक हप्ता पछि आउनु भन्यो । घरमा प्रेशर त्यति धेरै त हुदैन थियो तर सामान्य भन्दा माथीको लाइनमा थियो । एकहप्तापछि अस्पतालमा जादा पुरानो चिकित्सकसंग भेट हुने त कुरै रहेन तर नयाँ जिम्मालिने चिकित्सकले बिभिन्न उपकरणबाट परिक्षण गर्यो र प्रेशरको औषधीनै खानु पर्ने सल्लाह दिएपछि हामी त्यहि मध्यबानेश्वरको चिकित्सकलाइ सुचना दियौ यस्तो रिपोर्ट आएको छ के गर्ने ? 

मध्यबानेश्वर क्लिनिकमा हुने चिकित्सकले कुनै प्रेशरको औषधी खान सुरु गरेको छ ? भनेर सोध्यो । छैन भनेर फेरी सुचना (ह्वाटसएप म्यासेज) पठायौ तर त्यसपछी त्यो चिकित्सकको कुनै जवाफनै आएन । 

बच्चा डेलिभरी गर्ने दिनमा पचि आएन त्यो चिकित्सक त्यसपछि यो म्यासेजको पनि जवाफ दिएन । नकि आफुले ह्याण्डवोभर गरेको चिकित्सकलाई सहि सूचनानैे दियो । नयाँ टेकवोभर गर्ने चिकित्सकले खाली प्रेशरछ प्रेशरको औषधी खानु पर्छ भनेर प्रेशरको औषधी खानलाइ जोड दियो र  प्रेशरको औषधी खाएको ५ दिन नबित्दै अचानक २०८० सास जेठ १ गते बिहान हातखुट्टा चल्न छोड्यो र सबै रेकर्ड त्यही नेपाल मेडिसीटी अस्पतालमा भएकोले तुरुन्तै लग्यौ बिहान साढे २ बजे भएको घट्ना बच्चाहरु जिम्मा लगाएर अस्पताल पुग्दा ३ बजेर ३८ मिनेट भएको थियो तर राति भएर चिकित्सकको तत्काल सम्पर्क नहुदा धेरै ढिलो भयो र दिनभर  परिक्षण पछी र ३ दिन एम.आइ.सि.यु. अनि एक हप्ता अस्पताल यसको साथै करिव २ महिना फिजियो थेरापी पछी करिव ८० प्रतिशत जनि सामान्य अबस्थामा आयो । 


यो समस्या भएपछी यो समस्या हेर्ने चिकित्सकको टोली फेरी अर्कै थियो र यो चिकित्सकको टोलीले उपचारको क्रममा प्रेशरको औषधी रोकेको थियो र हामीले यो चिकित्सको टोलीसंग सोधे म्यासेजमा होइछ अस्पतालमानै भेटेर किन प्रेशरको औषधी नदिनु भएको भनेर ? उहाँको जवाफ के आयो भने तपाइलाइ यत्तीको प्रेशर चाहिन्छ । तपाइलाइ गर्भाबस्थामा रगत पातलो हुने औषधी दिएको रहेछ । बच्चा जन्मेपछी प्रेशर बढनुको कारण बारेमा राम्रोसंग जानकारीनै नलिइकन प्रेशरको औषधी दियो रगत पातलो गर्ने औषधी नियमित गर्ने कि नगर्ने भन्ने टेष्ट नगरी रगत पातलो गर्ने औषधी रोक्नाले रगत बाक्लो हुदै गयो यो धेरै कम केश हुन्छ रगत बाक्लो हुदा नशाबाट बग्न गाह्रो भएर प्रेशर देखायो झन प्रेशर कम हुने औषधी दिनाले यो समस्या आएको हो त्यही भएर तपाइलाइ अरु सामान्य मानिसभन्दा बढीनै प्रेशर चाहिन्छ । प्रेशरको औषधी खान हुन्न भन्ने सुझाव दियो ।

हेर्नुसत एक चिकित्सकको सानो लापर्वाहीले एक सध्य मानिसको के हालत बनायो ?

 नेपालको चिकित्सा पद्धति यस्तो छ । चिकित्सकले पहिलेनै डिड गराएको हुन्छ । विरामी केही भएमा हामी जिम्मेवार छैन भनेर ।

साह्रै लापर्वा छ नेपालको चिकित्सालय र चिकित्सा पद्धति ।

हामीले उक्त चिकित्सकहरुको नाम उल्लेख गरेका छैनौ यसकारण कि आफ्नो पेशाप्रति यो गल्ति गरेता पनि अबउप्रान्त अन्य बिरामी प्रति गैह्र जिम्मेवार नहोस भनेर ।

तपाइलाइ वा तपाइका परिवारलाइ पनि कुनै चिकित्सकले गर्भावस्थामा यस्ता खालका औषधी दिएको छ भने शिशु जन्मिसकेपछी चिकित्सकसंग परामर्श गर्नुहोला आफुले सेवन गरिरहेको औषधी सेवन गर्नेकि नगर्ने भनेर । 

हुन त सबै अस्पतालमा नेपाल मेडिसिटी अस्पतालको जस्तो चिकित्सकले बिरामी अर्को चिकित्सकलाइ जिम्मा लगाउने ब्यवस्था नहुन पनि सक्छ तैपनि आफु चनाखो भएर हामीले जसरी दुःख पाउनबाट बच्नुहोला ।

मातातिर्थ औँशी || आमाको मुखहेर्ने दिन || मनका कुरा श्रृंखला२४ ||Mannka K...

Monday, April 29, 2024

Mannka kura 22 || मनका कुरा श्रृंखला २२ || प्रशासन चलाउनेले पहिला अनुशास...

Sunday, April 21, 2024

मनका कुरा श्रृंखला २१ || शिक्षामन्त्रीज्युको शिक्षा र सिकाइका कुरा || Ma...

Monday, April 15, 2024

Mannka kura EP 20 || मनका कुरा श्रृंखला २० || नयाँ बर्ष हर्सोल्लासका साथ...

Monday, April 8, 2024

मनका कुरा श्रृंखला १९ || अटिजमका बारेमा थाहा छ ? || Mannka Kura 19 || Wo...