कोरोना विरुद्धको खोप अनुभव

म अलि ब्यस्तभए यो दिन किनकी सरकारले कोरोनाका कारण सामाजिक कार्यमा सहभागितामा कडाइ गरेर सिमित ब्यक्तिमात्रको उपस्थितिमा सामाजिक कार्यगर्न अनुमति दिएकोमा सो सिमित व्यक्तिमा परेपछि कार्यक्रममा उपस्थित हुनु अनिवार्य भयो त्यसैले मिति २०७८ साल असार ३० गतेको घटनाको बारेमा आज उल्लेख गर्दैछु ।

सरकारले चीनबाट र अमेरिकी सरकारको सहयोगमा ठुलो मात्रामा कोरोना विरुद्धको खोप (एन्टिभाइस) जनतालाई सुरक्षित गर्न प्रयोग गर्न उपलव्ध गराएको थियो । यसैक्रममा सरकारले असारको २९,३० र ३१ गते खोप अभियान संचालन गरेको थियो । 

हामी जन्मदै देखी कसैको नजिक हुन्छौभने त्यो हो आमा १ । आमासंगै हुर्कदै बढदै गर्दा धेरै कुरा सिकिन्छ । यस्तैमा हामीले एउटा कुरा सिकेका हुन्छौ हरेक घरका आमाले घरको भान्छा सम्हाल्ने गर्नुहुन्छ । आमाले खाना पकाइसके पछी घरका परिवार सबैलाई ख्वाइसकेपछी अन्त्यमा आमाले खानु हुन्छ । यसैक्रममा आमा कहिले भरपेट खान पाउनुहुन्छ त कहिले आधापेट त कहिले भोकै पर्नुहुन्छ। त्यसैले आमा आफु भोकै भएरपनि सबैको पेट भर्न पाउदा खुशी हुने हुनाले महान हुन भन्ने गर्छन । 

यसैगरी कोरोना विरुद्धको खोप पनि पहिला सरकार, सरकारका आसेपासे, पत्रकार आदीले लगाउनु भन्दा पहिलमा जनता जसलाई सबैभन्दा पहिला खोपको आबश्यकता छ त्यसलाई लगाउनुपर्छ त्यसपछी बल्ल आमा जस्तै सरकार र सरकारमा रहने ब्यक्ति समुह जसले मुलुकको आमाको भुमीका निर्वाह गर्छ त्यसले लगाउनु पर्छ भन्ने मेरो र हामीजस्ताको सोच थियो । तर अफसोच पहिला मुलुकका आमाको भुमीका निभाउने सरकार र सरकारका आफन्तलाइनै खोप लगाउन हतार देख्दा सरकारप्रति दया लागेर आयो । 

पहिला भान्छेले खाने नेपाली सस्कार नभएपनि नेपाल सरकारका ठेकेदारहरु पहिला भान्छेले खानुपर्छ भन्ने सोचका साथ सबै भान्छे अर्थात पहुचवाला सबैले खोप लगाइसक्यो भन्ने सुने । अवत सर्वसाधारण जो देश निर्माणका लागि पसिना बगाउनेको पालो आयो होला भनेर खोपलागाउन चासो देखाउदै थिए मैलेपनि । 

यसैक्रममा भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ को स्वास्थ्य चौकीमा असार ३० गते टेलिफोन नं. ६६३२६९९मा  सम्पर्क गरेर खोप लगाउन पाउने नपाउने बारेमा जानकारी लिएपछी खोप लगाउन पाउछ आफ्रनो परिचयपत्र लिएर आउनुस भन्ने सुझाव आएपछि म परिचय पत्रका साथ स्वास्थ्य चौकी गए तर विच बाटोबाटै स्वस्थ्य चौकी जाने वाटो छेकेर सुरक्षाकर्मी रुपी ट्राफिक प्रहरी बसेको थियो । त्यो प्रहरीको जत्थाले स्वास्थ्य चौकी जाननै दिएन कारण खड्क प्रसाद ओलीजीको वालुवाटारवाट बालकोट फिर्ती सवारी कार्यक्रम रहेछ । त्यसपछी फर्केर वडा कार्यालयमा रहेको स्वास्थ्य केन्द्रमा लाइन बस्न गए बालकोट चोकमा । लाइन बस्दैथिए त्यति बेलानै नेपाल पत्रकार महासंघवाट साथीहरुको फोन आयो तुरुन्त महासंघ कार्यालयमा गएर सिफारिस लिएर शसस्त्र प्रहरी वल अस्पतालमा पत्रकारलाई खोपको ब्यवस्था छ त्यहाँ खोप लगाउन जानु भनेर । 

तर म वडा कार्यालयमा नै खोप लगाउनको लागि लाईन बसेको भएर वडामै लगाउन पाए यतै लगाउछु पाएन भने मात्र सिफारिस लिन आउछु भन्ने जवाफा दिए । करिव दुई घण्टाजति लाइनमा बस्दा समय करिव दिउसोको १ बजेको थियो । वालकोट वडाकार्यालयले खोप सकिएको र थप खोप मगाएकोछ आएपछि फेरी खोप कार्यक्रम शुरुहुन्छ भन्यो । खोप काठमाण्डौको टेकुबाट आउनु पर्ने त्यही वेलामा बालकोटमा खड्क प्रसाद ओलीको आगमनमा सवारी लस्कर र सुरक्षाकर्मीको अवरोधका कारण खोप आउन देला जस्तो नलागेर हार खाएर म गए पत्रकार महासंधको कार्यालय र त्यहाँवाट सिफारिस लिएर पुगे बलंवुमा रहेको शसस्त्र प्रहरी वल अस्पताल । साँचै भन्नुपर्दा मलाई प्रहरीको बोल्ने शैलीनै मनपर्दैन तैपनि खोप लगाउन पाउने झिनो आशाका साथ पुगेँ करिव सवा दुइबजे तिर त्यहाँपनि पत्रकारको लामो लाइन थियो । लाइन देख्दा लाग्थ्यो नेपालमा सर्वसाधारण जनता भन्दा धेरै पत्रकार छन । किनकी नेपालमा खोप लगाउन शुरु गरेदेखी नै पत्रकरलाई खोप लगाउन थालेको थियो यो बाँकी छुट पत्रकारलाई भन्ने सुनेको थिए । 

यो लाइनमा बसेर साथीहरुसंग कुरा गरेपछी पो थाहा भयो पहिलो र दोश्रो अनि तश्रो चरणमा पत्रकारले खोप लगाएको  भनेकोत सरकारी सञ्चार माध्यम र पहिला सूचना बिभाग अहिले सायद सूचना तथा सञ्चार विभाग होक्यार त्यसको पत्रकार पो रहेछ । जो असली संचारकर्मीलाई त बल्ल खोप लगाउन शुरु गरिएको रहेछ त्यसैले संचारकर्मीको भीड भएको रहेछ । 

यति कुरा थाहा पाउदासम्म घडिमा सवा चार बजिसकेछ र यस अस्पतालमा पनि खोप सकियो । यो अस्पतालवाट पनि खवर आयो टेकुमा खोप लिन गएकोछ । खोप आएपछि फेरी खोप कार्यक्रम शुरु गर्ने छ । यतिबेला लाग्यो समाज जति अग्रगमन तिर गए पनि नेपाल सरकार अहिले पनि बुहारीलाई खटाएर भान्छाको सामान दिने परम्परालाई निरन्तरता दिएको रहेछ । 

म साँझ सवा ५ बजेसम्म बलंबुको अस्पतालमा खोप लगाउन पालो पर्खदापनि टेकुवाट खोप आउने र खोप कार्यक्रम शुरुहुने लक्षण देखिन।  यदि खोप कार्यक्रम शुरुभएपनि भीडमा देखिएको खचाखचको दृश्यले खोप लगाउन पाउन धेरै संघर्ष गर्नपर्ने देखेकोले म हार मान्दै लाइनवाट बाहिरीए र आफ्नो गन्तव्य घरतिर लागे ।

मलाई यो भीड देखेपछि लाग्यो अझैपनि आमा पाउनालई र घरको अन्य सदस्यलाई खान ख्वाउन बाँकी रहेछ ।

नेपाल सरकारले केहि दिन पहिला खोप लागाउनको लागि अनलाइनमा फाराम भर्नुपर्ने ब्यवस्था गरेको थियो । हामी र हामी जस्ता थुपैैले फाराम पनि भरे तर जव यसरी भीड गरेरनै खोप लगाउन लगाउदा सरकारलाई आनन्द आउछभने अनलाइन फाराम भर्नुको र्औचित्य केहो अनभिज्ञ छौ । 

अन्तमा पूर्व सरकार र सत्तासिन सरकारसंग एउटा जिज्ञासाः किन यो कोरोना विरुख्धको खोप लगाउनको लागि अनलाईन फाराम भर्न लगाएर समय र पैसाको वर्वाद बनाएको । एक सरकारको यो बेवसाइट पेज बनाएर समय र पैसाको वर्वाद दोश्रो सर्वसाधारण जनतालाइ यो अनलाइन फाराम भर्न लगाएर समय र पैसाको वर्वाद आखिर भेडाको बथान झैँ कोरोना विरुद्धको खोप लगाउन भीड गर्नुनै थियो भने यो बर्वादीको क्षतिपुर्ति कसरी गर्ने ?