मेरो जीवनमा धेरैजना मैले चिनेकोछु धेरैजनाले मलाई चिनेकाछन । यसै क्रममा जब म पोखरामा थिए । मेरा सहकर्मी साथी दिपक सिलवालले प्रायः मसंगको भेटमा तपाइलाई नेपाल ट्रेड युनियनको रामजी कुँवरले सोधेको वा सम्झेको छ भन्नु हुन्थ्यो । जव रामजी कुँवरले हरेक पटकको भेटमा मेरा साथीसंग मेरोबारे सोध्ने गरेपछि मेरोपनि एक पटक प्रत्यक्ष भेटने इच्छा थियो तर सोही समयमा म पोखराबाट काठमाण्डौमा आए त्यसपछि भेटेनपाइन तर पनि परैवाट एक अर्कालाइ चिनियो तर प्रत्यक्ष भेटघाट भने कहिलेपनि भएन । तर अचानक आज यस्तो दुःखद खबर सुन्नुपर्दा पीडा लागेकोछ । उहाँले कोरोनालाई जित्न सक्नुभएन । ६५ बर्षको उमेरमा नै सदाकालागि बिदा हुनु भयो । यस दुखद घडीमा परिवार प्रति समबेदना प्रकट गर्न चाहन्छु ।
हार्दिक श्रद्धाञ्जली