मिति २०७८ साल साउन १७ गते आइतवार ।।
सरकारले कोरोना विरुद्धको खोपको ब्यवस्था गरेको पहिलो र दोश्रो चरणमा स्वास्थ्य क्षेत्रमा काम गर्ने र सफाइ क्षेत्रमा काम गर्नेलाई अनि पत्रकारलाई त्यसपछी उमेरहदको ब्यवस्था गरेको थियो । यसैक्रममा एक पटक कम उमेरकालाई पनि खोपको ब्यवस्था भएको थियो तर सिमित खोपका कारण धेरैले लगाउन पाएन त्यस पछीका दिनमा उमेरको हदबन्दी र सेवा वर्गिकरणमा नै सिमित रह्यो खोप कार्यक्रम र ५० बर्ष उमेरभन्दा कम उमेरकालाइै खोप लगाउने ब्यवस्था हुनै सकेन । अहिले बल्ल उमेर हदबन्दी हट्यो र हामी पनि खोप लगाउने निर्णयमा पुग्यो तर यसैविचमा खोप चिया पसलमा होटलको कोठाकोठाबाट प्रहरीले बरामद गरेको समाचार आउदा सर्वसाधारणको लागि खोप अझ सहज नभएको संकेत गर्दथ्यो ।यसैविचमा दिउसो करिव सवा १२ बजेको थियो । शसस्त्र प्रहरी बल अस्पताल बलंबुमा कोरोना विरुद्धको खोप लगाउनेको भीड कम छ भन्ने खवर आयो । हामी कोरोना विरुद्धको खोप लगाउनको लागि भक्तपुरबाट शसस्त्र प्रहरी वल अस्पताल बलंम्बु तर्फ गयौँ । करिव १ः३५ बजे तिर त्यस अस्पतालमा पुग्यौँ र एउटा प्रतिक्षालयमा २ मिनट मात्र के बसेका थियौँ त्यस प्रतिक्षालयमा अन्य करिव १५/२० जना जति बयक्तिहरुपनि बसेका थिए । त्यतिबेला एकजना प्रहरी प्रतिक्षालयमा आएर प्रश्न गर्नुभयो तपाइहरु खोप लगाउन आउनु भएको हो ? हामी प्रायको एउटै जवाफ आयो हो । त्यसपछी ति प्रहरीले यहाँ लाइनमा बस्नुस म तपाइहरुलाई खोप लगाउन कुपन दिन्छु भन्नु भयो सबैजना प्रतिक्षालयमा भएका ब्यक्तिहरु लाइनमा बस्नथाल्यो लाइन मात्र के लगाएको थियो । भीड त करिव ५०/६० जना पुग्न थाल्यो र ति प्रहरीले एक महिला प्रहरीलाई अब पछाडी लाइन बस्न नदिनु पहिला यति लाइन बसेकोलाइ मात्र कुपन दिन्छु भन्नुभयो र ति महिला प्रहरी लाइन ब्यवस्थापन गर्न लगाउनु भयो र कुपन विचरण शुरु भयो र कुपन लिएर खोप लगाउन लाइन बस्न अनुमति दिनु भयो । उक्त प्रहरी थिए बरिष्ठ प्रहरी निरिक्षक डा. बी. चन्द ।
सामान्यतया प्रहरी र सैन्य सेवा क्षेत्रमा चेन अफ कमाण्डको विशेष महत्व हुने गर्दछ र यस क्षेत्रमा आफु भन्दा माथीकालाई र आफ्नालाई बढि प्राथमिकता दिनु पर्दछ त्यो पक्कै हो । यसै क्रममा हामीलाई कुपन वितरण गरिरहेको बेलामा अन्य प्रहरीले कुपन मागेर डा. चन्दलाई हैरान पारेको प्रष्ट देखिन्थ्यो र उनको जवाफ हुन्थ्यो तपाइको मान्छे आएपछि कुपन दिन्छु । यसरी आफुभन्दा माथीका कर्मचारी र उनको परिवारलाई खोप लगाउने ब्यवस्थापन आफुभन्दा साना प्रहरीको कुपन मागका बिचमा अत्ति सहनशिल तरिकाले सर्वसाधारणलायई पनि ब्यवस्थित तवरले कुपनको ब्यवस्था गरेको प्रष्ट देखिन्थ्यो डा. चन्दको ।
हामीले कुपन पाएपछि करिव १ घण्टामा खोप लगाउन पाउने अनुमान गरेका थियौँ तर करिव करिव २ घण्टा लाग्यो । त्यो अवधिमा मैले प्रहरी बरिष्ठ उपरिक्षक डा. बी. चन्दको ब्यवस्थापन तरिका निकै बेर नियाले । यस विचमा विच विचमा प्रहरी साथीहरुले आफ्ना साथीहरु र आफन्तलाई विषेश सुविधा नदिएको भने होइन तर पनि यत्तिको व्यवस्थापनलाई राम्रो मान्नु पर्छ । मेरो अगाडी प्रहरी सरस्वती श्रेष्ठले आफ्ना २ जना अफन्त एक महिला र एक पुरुषलाई सिधै खोप लगाउन ल्यायो यस्लाई सामान्य रुपमा लिने हो भने हिजोको सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने ब्यवस्थापन राम्रो थियो मेरो करिव २ घण्टाका बसाइमा यस ब्यवस्थापनको श्रेय उनै बरिष्ठ प्रहरी निरिक्षक डा. बी. चन्द प्रति जान्छ ।
हुनत मुखमा माक्स लगाएपछि ब्यक्ति पहिचान गर्न त गाह्रो नै हुन्छ तैपनि भीड ब्यवस्थापन गर्दै गरेको डा. चन्दको भिडियो तथा फोटो संकलन गर्न खोजेको थिए तर एक प्रहरी आएर भिडियो फोटो खिच्न नपाउने भन्दै मेरो मोवाइल खिचेर भिडियो र फोटो हटाउन थालेपछी मैले आफ्नो परिचय दिएर गलत मनसायले नखिेचेको भनेपछि मो्वाइल त दियो तर धेरै फोटो र भिडियो उनले हटाइ सकेको हुँदा उक्त प्रहरी जवानको भनाइलाई सम्मान गर्दै फोटोलाई समाबेश गरिन र डा. बी. चन्दको पुरा नामको जानकारी सहित छोटो कुराकानी पनि गर्ने विचार थियो त्यो गरेनौ कहिकतै अस्पताल परिसर बहिर हाम्रो भेट भएमा उहाँसंग कुराकानी अबस्य गर्ने छौ सार्वजनिक पनि गर्नेनै छौ ।
गत असार २९,३० र ३१ गते पनि संचारकर्मी, यातायात ब्यवसायी, सर्वसाधारणलाई पनि यस अस्पतालले खोपको ब्यवस्था गरेको थियो त्यो बेला विहान १० बजे लाइनमा बस्ने ले बेलुकी ७ बजेसम्म पनि खोप लगाउन नपाएको गुनासो थियो । तर एउटै संस्थामा कहिले खोप लगाउन नपाउन कहिले १ घण्टा भित्र खोप लगाउन पाउने अबस्थाको सिर्जना हुनु ब्यवस्थापन गर्ने तरिकामा भर पर्ने देखियो ।
समग्रमा असार २९,३० र ३१ गते धेरैले खोप लगाउन नपाउनु ब्यवस्थापन पक्ष कमजोरी पनि एउटा कारण देखियो भने हिजो १ देखी २ घण्टा भित्र खोप लगाउन पाउनुमा सफल ब्यवस्थापन पनि एउटा कारण देखीयो ।
अन्तमाः कोरोना विरुद्को खोपको लगाउन गरेको सफल बयवस्थापनको लागि डा. बी. चन्दप्रति विशेष धन्यवाद ।