मेरो मावली हजुरबुवा ९५ बर्ष ११ महिना ६ दिनको उमारमा यो संसारबाट बिदा लिनु भयो । उहाँको बैकुण्ठवास होस ।
साँवा भन्दा व्याजको वढी माया हुन्छ भनेजस्तै हामी सानोमा मामाघरमा जाँदा मावली हजुरबुवासंग केही नजिकिन्थ्यौँ । मामाघर घरबाट धेरै टाढा थिएन हिडेर २०/२५ मिनेटको बाटोमा थियो । मामाघर घरबाट नजिक भएको भएर विभिन्न चाडपर्वमा सानो हुँदा गैरहनु पर्ने हुन्थ्यो तर हामी विहान गयो बेलुकी फर्कीन्थ्यौँ । मामाघरमा बास बसेको मुस्किलले ३ दिन मात्र यादछ ।
यो किन भन्नखोजेको भने मामाघरमा बेलुकीको खाना खाइसकेपछि हजुरवुवाले तम्वाखु खानु हुन्थ्यो हामी त्यो तम्वाखु फुक्नमा रमाउदथ्यौ । सायद जाडो महिनामा बढी मामाघर गैन्थ्योकी कुन्नी हजुरवाुवा पतलो पछ्यौरा साइजको सिरक ओढेर तम्वाखु खानुहुन्थ्यो । मलाई उहाँले त्यही सिरक ओढाएर काखमा राख्ने गर्नुहुन्थ्यो । भाते निन्द्रा र सिरकको तातोले झपक्क निद्रा लगिसकेको हुन्थ्यो तर त्यतिबेलानै घर फर्कनु पथ्र्यो । यत्तिकुराबाटनै थाहाहुन्छ बाजे नातिको सम्वन्ध तर पछिल्लो समय भेटघाट फितलो हुदैगयो । यत्तिसम्मकी उहाँको अन्तिम समयमा पनि संगै हुन सकिन