
पहिला यस्तो वालकार्यक्रम सुन्दै हुर्केको म पछि वालकार्यक्रम सुनाउने ठाउँमा पुगिएछ । यो वि.सं. २०४७ सालको कुरा हो । देशमा भर्खरैमात्र ब्यवस्था परिवर्तन भएको थियो । पंचायत काल सकिएर प्रजातान्त्रीक व्यवस्थाको शुरुवात भएको एक वर्षमात्र वितेको थियो । त्यति बेला रेडियो नेपालको प्रसारण क्षमता बृद्दि गर्ने उदेश्यले ललितपुरको भैसेपाटी र पोखराको फिर्केखोला किनार मालेपाटनमा प्रसारण केन्द्र स्थापना गरी प्रसारण शुरुवात मलाइ लाग्छ २०४१ सालदेखी गरेको थियो । तर कर्मचारी केही पोखराकै र केही केन्द्रबाट मिलाएर खटाउने गरिन्थ्यो रे । मासिक तलव र विभिन्न खर्चको भुक्तानी पनि हरेक महिना केन्द्रवाट कर्मचारी आएर भुक्तान गरेर जाने चलन थियो रे । पछि बिस्तारै भुक्तानीको लागि पोखरामानै कर्मचारी व्यवस्था गरेको थियो रे । तर प्रसारणको लागि भने २०४७ सालसम्म केन्द्रबाटनै कर्मचारी खटाउने गरेको थियो ।
३/३ महिनाको लागि कर्मचारी खटाउन समस्या भएपछि पोखाराकै कम्तिमा पनि बिज्ञान विषय लिएर प्रबेशिका पास गरेको ब्यक्तिलाई नियुक्तिको ब्यवस्था गरी काठमाण्डौवाट ३/३ महिनाकोलागि कर्मचारी खटाउने ब्वस्थाको अन्त्यगर्ने योजना अनुसार हामी रेडियो नेपाल परिवारमा सदस्यता पाएका थियौँ । हामी भन्नाले राजु भण्डारी, बिशाल जीत पालिखे, कृष्ण न्यौपाने र राजेश गुरुंग ।
राजेश गुरुंग र कृष्ण न्यौपाने रेडियो नेपालको प्रसारण विस्तारको क्रममा २०४७ सालमा धरान, धनकुटा, बर्दिवास, सुर्खेत र दिपायलमा रेडियो प्रसारण केन्द्र स्थापना भएको भएर त्यो प्रसारण केन्द्रकालागि नियुक्त गरेको थियो तर उनीहरु दुइ जनालाई पनि पोखरा खटाए भने हामी दूइजाना पोखराका स्थानिय गरी ४ जना पोखरामा नयाँ कर्मचारी थप भयौ यसपछि काठमाण्डौवाट कर्मचारी खटाउने कार्य बन्द भयो ।
रेडियो नेपालको कर्मचारी त भयौ तर करारमा अर्को व्यवस्था भएमा स्वतः सेवा नरहनेगरी । जेहोस जति नोकरी गर्न पाइन्छ गर्ने शोचका साथ लागे । रेडियो नेपालवाट वाल कार्यक्रम र स्कूल प्रसारण कार्यक्रम सुनेर हुर्केको म त्यही कार्यक्रम प्रसारण गर्ने संस्थामा काम गर्न पाउदा झन खुशी भए करारको नोकरी नै किन नहोस । अर्को कुरा मलाई, करार, ज्यालादारी, अस्थायी, स्थायी अनि प्रशासन क्षेत्र प्रविधि क्षेत्र हुन्छ भन्ने सम्म पनि थाहा थिएन । नोकरी पाए यत्ति थाहा थियो ।
यसरी करारसम्मको भएपनि नोकरी दिलाई सहयोग गर्नुहुने राजु भण्डारी, स्व.कुमार खड्का ज्यु प्रति कृतज्ञछु । २०४८ साल पछि पोखरामा कार्यालय प्रमुख भएर आउनु भयो यादव ठाकुर ज्यु उहाँ प्रविधी क्षेत्रका निपुण व्यक्तित्व हुनुहुन्छ । रेडियो नेपालको मर्मत तथा सम्भारका लागि निपुण ब्यक्ति हुनुहुन्थ्यो । उहाँ पोखरा आउनु भएपछि प्रविधि क्षेत्रको धेरै कुराकाृ ज्ञान प्राप्त भयो मलाइ । उहाँकै पालामा सम्पुर्ण कर्मचारी स्थायी गर्ने प्रकृया अन्तर्गत स्थायी प्रकृया शुरुगर्यो रेडियो नेपालले वि.सं. २०४९ सालमा । स्थायी हुन त्यति सजिलो थिएन किनकी भर्खरै मुलुकमा व्यवस्था परिवर्तन भएको कारण राजनितीक शिफारिस वा राजनितिक कार्यकर्ताको सरकारी नोकरीमा भर्नागर्ने लर्को थियो । त्यो समयमा नेपाली काँग्रेसको सरकार भएको कारण काँग्रेसी कार्यकर्तालाई स्थायी गर्ने वा काँग्रेसी नेताको सिफारिस बिना स्थायीहुन समस्या थियो । त्यतीबेला राजु भण्डारी तारानाथ रानाभाटको सिफारिसको लागि लाग्यो तर मैले कुनै नेता चिनेको थिएन । २०४६ सालको जनआन्दोलनमा पक्राउ परेपनि राजनितीक सिफारिस गरिदिने मेरो नजिकका कुनै नेता थिएन ।
त्यति वेला यादव ठाकुर कार्यालय प्रमुख भएर पोखरामा आउनु भएको दिनदेखी माग्ने भाँडा राम्रो बनाउनु पर्छ अनि पो पैसा दिन्छ भन्नुहुन्थ्यो मतलव पेशा प्रति निष्ठावान बन्नु र आफ्नो पेशाप्रति लगन र मेहनतका साथ निखारता ल्याउनु पर्छ । कजेजको अध्ययनले मात्र केही हुदैन भन्नुहुन्थ्यो । म त्यहि सिद्धान्तको पछिलागेर पेशामा उहाँको पछी लागे । उहाँले स्थायी हुनको लागि नेताको सिफारिसको व्यवस्था गर्नु भन्नु हुन्थ्यो । मैले उहाँलाई भने मैले कुनै नेता चिनेको छैन त्यसैले नेताको सिफारिस पाउन मलाइ गाह्रोछ तैपनी स्थायीको लागि लाग्छु स्थायी भए ठिक छ नभए १९ महिनामा कामगरेको पैसाले स्नातक सम्म त पढन पुग्छ होला स्नातक पढेपछि के गर्ने सोचौला भने । त्यसपछी स्थायीको लागि प्रकृया पुरा गर्न तिर लागे ।
त्यति बेला अन्तर्वाता मात्रको व्यवस्था थियो स्थायी पदपुर्तिको लागि र म स्थायी पदपुर्तिको अन्तर्वाताकालागि काठमाण्डौ आए योनै मेरो पहिलो काठमाण्डौको यात्रा थियो । काठमाण्डौको यात्राको बारेमा मलाई केहि थाहा नभएकोले साथी राजु भण्डारी संगै अन्तर्वाता दिन काठमाण्डौ आएको थिए । राजु भण्डारीले सिधै होटलमा जानुको सट्टा कुमार खड्का ज्यु जो पोखरा रेडियो नेपालका पूर्व कार्यालय प्रमुख हुनुहुन्थ्यो । उहाँको घर सात दोवाटोमा लिएर गयो । दुइ वटा पदमा निवेदन दिएको हुँदा दोश्रो अन्तवार्ताको लागि आउदा फेरी पनि होटलमा नवसी यादव ठाकुर ज्युकोमा बास बसियो र अन्तवार्ता दिन सिंहदरवारमा आइयो । त्यति बेला पनि ठाकुर सरले भन्नु भयो नेताको सिफारिसको ब्यवस्था गर्नु । तर मेरो एउटै जवाफ मेरो नेताको सिफारिस छैन अन्तवार्तामा भाग लिन्छु स्थायी भए ठिक छ नभए पनि केहि छैन भने उहाँलाई । त्यसपछी सिंहदरवारमा अन्तर्वाताको लागि लागे । म विहान अन्तवार्ता सकेर बाहिर आए यादवसरपनि सिंहदरवार कार्यालयमा आउनुभएको थियो । त्यति बेला नै उहाले धेरैजना हाकिमको कोठामा लिएर जानुभयो र चिनाउदै मलाइ स्थायी गरिदिनु पर्ने सबै संग अनुरोध गर्नुभयो । यत्तिबेला लाग्यो यादव ठाकुर सर शिपको मात्र धनी होइन मन र मायाको धनी हुनु हुदो रहेछ ।
उहाँको यो मायाको कारणनै म स्थायी हुन पुगे रेडियो नेपालमा र २८ बर्ष निरन्तर रेडियो नेपालमा रहे । यादव ठाकुर जसले मलाई लगाएको गुण कहिले भुल्न सक्दिन र भुल्न पनि हुँर्दैन । भन्नु पर्ने र सम्झनु पर्ने कुरा त अझ कति छ छ । रेडियो नेपालमा २८ बर्ष शिर्षकमा चाँडै सार्वजनिक गर्नेछु । अहिलेको लागि मेरो मावली हजुर वुवाको देहावसान संगसंगै उहाँले पनि यो संसार त्याग्नु भएछ । उहाँ प्रति सहृदय हार्दिक श्रद्धञ्जली अर्पण गर्दछु अनि परिवार प्रति समबेदना व्यक्त गर्न चाहन्छु ।
हार्दिक श्रद्धाञ्जली यादव सर