हामीले यात्रा गरेका थियौँ रेडियो नेपालका हस्तीहरुसंग वि.सं. २०७१ सालतिर डोल्पा जिल्लाको ।
यात्रा बरिष्ठ साहित्यकार गितकार तथा प्रसारक डा. नवराज लम्सालको नेतृत्वमा गरेका थियौँ । यात्रा करिव एक हप्ताको थियो । द्वन्द ग्रस्त क्षेत्रमा मुलुकको नयाँ ब्यवस्थापछीको अबस्थाको बारेमा रेडियो कार्यक्रम तयार गर्नेक्रममा गएका थियौ साथमा समाचार बाचक तथा लेखक माधब घिमिरे र गोकर्ण रेग्मी पनि । यात्रा अविस्मरणिय भयो एक त नेपालको सबैभन्दा ठुलो जिल्लाको भ्रमण अनि पहिलो पटकको हिमाली क्षेत्रको भ्रमण साथमा सम्मनित ब्यक्तित्वसंगको यात्रा ।
यात्रा यो समुहसंग संयोगले जुरेको हो संयोग जुराउनु हुने डा. नवराज लम्साल/माधब घिमिरे हुुनुहुन्थ्यो । त्यसो त रेडियो नेपालको बिशेष यात्राकालागि मात्र प्राविधिक क्षेत्रबाट त्यस महाशाखाबाट मात्र २ जना बिशेष कर्मचारीमात्र आलोपालो खटिने गरिन्थ्यो । ति दुबै ब्यक्ति त्यस महाशाखाका विशेष ब्यक्ति थिए तर ति दुबै विशेष ब्यक्ति भएका कारण एक जना भारत अध्ययनकालागि र अर्को ब्यक्ति निजीकामकालागि बिदामा बसेको बेला बिकल्पको रुपमा मेरो शिफारिस गर्न पाउनु भएको थियो डा. लम्सालज्युले ।
यात्राकोलागि टिम तयार भएपछि कार्यक्रम रेकर्डकोलागि आबश्यक सरसामान जुटाउनु पर्ने भयो तर सरसामान रेडियो नेपालबाट जुटाउन झमेला भएकोले केहि बर्ष अगाडीनै खरिद गरिसकेको सामान र अन्य थप आबश्यक सामाग्रीकोलागि काठमाण्डौ कान्तिपथमा रहेको यामाहाको शोरुममा गएर आबश्यक सामाग्री खरिदगरेर यात्रा तय गरियो पहिलो दिन काठमाण्डौ देखी नेपालगञ्जसम्मको । नेपालगञ्जमा नेत्र केसीसंगको भेटघाट रमाइलो रह्यो भोलि विहान यात्रा डोल्पाको जुफालहुदै सदरमुकाम दुनै सम्म, त्यसपछि त्रिपुराकोट, अन्तिम दिन जुफाल हवाइ अड्डा र भोलि विहान नेपालगञ्ज र नेपालगञ्जबाट काठमाण्डौ आइयो बाँकी विवरण यो भिडियोमा