तपाइको सानो आर्थिक सहयोगले धेरै अर्थराख्छ

अर्बुद रोग क्यान्सर सघन रोगको रुपमा लिने गरिन्छ । यसको उपचार सस्तो पक्कै छैन । सामान्य जीवनयापन गर्ने ब्यक्तिले यसको उपचार गर्न खर्च जुटाउन सकसनै हुन्छ । यसको बिकल्पमा सरकारले केही रकम उपचारकालागि आर्थिक सहयोग गर्ने गर्दछ तर त्यो उपचार खर्च रकम सिधै बिरामी वा बिरामीको परिवारले पाउदैन बिरामीले जुन अस्पतालमा उपचार गरिरहेको छ त्यो अस्पताललाइ सिधै भुक्तान गरिदिन्छ । यस्तै तपाइ थप उपचारकालागि बिदेश जादै हुनुहुन्छ भने नेपाल वायुसेवाले हवाइ टिकटमा छुटको ब्यवस्था गरेकोछ । यस्तै केही रकम तिरेर सरकारले परिवारको स्वास्थ्य बिमाको पनि ब्यवस्था गरेकोछ त्यो बिमा रकमले पक्कै पनि यस्तो खालको विमामीको उपचारकोलागि पर्याप्त हुदैन यसको साथै आफ्नो केही बचत रकमबाट स्वास्थ्य बिमा गरिएको हुन सक्छ तर स्वास्थ्य बिमा केही सिमित रकमको हुन्छ त्यसले पनि यस्तो बिरामीको उपचारको लागि नपुग्न सक्छ यो पक्कै हो । यस्तो स्वास्थ्य समस्या कसैलाइ पनि नहोस । यदि भएकाको लागि तपाइको सानो सानो सहयोगले एक बिरामीले सही उपचार पाउन सक्छ । 

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ निवासी ५२ बर्षिय बासुदेव घिमिरेको बोनम्यारो फेल भई हाल काठमाण्डौको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ । बोनम्यारो प्रत्यारोपणकालागि धेरै रकमलाग्ने भएकोले सक्दो आर्थिक सहयोगको याचना गर्नु भएको छ ।

तपाइको सहयोगको अपेक्षा सहित यो बैंक खाता राखेकाछौ सकेको सहयोग गरिदिनु होला ।