Basanta dhun || बसन्त धुन || बसन्त ऋतुमा बजाउने धुन || बसन्त श्रवण

श्रीमद्भागवत महापुराणमा भगवान कृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ। वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ। यो दिन देखी जाडो मौसम सकिएर गर्मी मौसमको आगमन हुने मान्यता छ । बसन्त पञ्चमीको दिन देखी गर्मी शुरु हुने मान्यता भएता पनि बसन्त पञ्चमीको ठिक ४० पछी आउने होलीका अर्थात फागु पुर्णिमा देखी भने पुर्णरुपमा गर्मीमौसमको शुरुवात हुन्छ भन्ने भनाइछ ।

नेपालको काठमाण्डौमा रहेको हनुमानढोका दरबारस्थित नासलचोकमा परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ।

त्यहि बसन्त पञ्चमीमा बजाउने बसन्त धुन हो यो