सामान्यतया शहर बजार चोकचोकमा पछिल्लो समय सानासाना बालबालिका बोकेर भिख अथात सहयोग माग्नेको जमात बढेको छ । पहिला पहिला त मलाई साह्रै नरमाइलो र मेरो सोच पनि गलत थियो । यसरी अबोध बाच्चा बोकेर भिख मागेको देख्दा बच्चालाइ प्रयोग गरेको सोचेर मैले केही पनि सहयोग गर्ने गरेको थिएन । जब म आफैलाई यसरी भिख माग्नु पर्ने सम्मको अबस्था समयले डोर्याएपछि बल्ल त्यो समस्याको बारेमा थाहा भयो । जब आफुलाइ पर्छनी त्यसपछी बल्ल पीडा थाहा हुने रहेछ ।
यो कुरा मलाइ गत साल ४ महिना भित्रमा ३ पटकसम्म अस्पताल बसाइले थाहा भयो समस्या कुन हदसम्मको हुने रहेछ भन्ने । पहिलो पटक मेरो परिवारलाइ राती काम्ने ज्वरो आएर नेपालको नाम चलेको अस्पताल मध्य एक नेपाल मेडिसीटी अस्पतालमा भर्ना गर्योै । करिव ६ दिनको बसाइ पछि ठिक भएर घरमा आयौ । त्यसको लगतै करिव ३ हप्तामा फेरी सो अस्पतालमा भर्ना भयो त्यति बेला बल्ल थाहा भयो ज्वरो आउनुको कारण पाठेघरको समस्या रहेछ भनेर । त्यो सल्यकृया पछी करिव ४ दिनको बसाइपछी घरमा आयौँ यतिसम्म त कुनै समस्या थिएन किनकी करिव करिव ६० देखी ७० प्रतिशत खर्च विमाले ब्यहोरेको थियो । पछि करिव २ महिना पछी २०८० साल जेठ १ गते अचानक राती करिव साढे २ बजे टाउको दुख्यो भन्यो त्यसको करिव १५ मिनेट भित्रमै हात खुट्टा चल्न छोड्यो अचानक कुनै उपए भएन आर्थिक रुपमा सम्पन्न नभए पनि फेरी त्यही अस्पताल नेपाल मेडिसिटीमा तेश्रो पटक लानु पर्यो यो पटक अझ इमर्जेन्सीमा । हामी करिव बिहानको सवा ३ बजेसम्ममा पुगिसकेका थियौँ । अस्पताल त हामी समय भित्रमै पुगेका थियौ १ घण्टा भित्रमै तर अस्पतालले समय भित्र समस्या पत्ता लगाउन सकेन दिन भरमा विल मात्र उठ्यो २ लाख ५४ हजार भन्दा पनि बढी त्यसपछी ३ दिन एमआइसीयुमा त्यसपछी वार्डमा अब अनुमान लगाउनुस खर्च र समस्या कति भयो होला ?
यसरी श्रीमतीको हात खुट्टा नचल्नु, छोरी अटिजम भएर राम्रोसंग बोल्न नसक्नु अनि दैनिक जीवन यापनमा समस्या रहनु यसको साथै मात्र २ महिनाको आर्को बच्चा ठुलो छोरी अटिजम भएका कारण देशको सरकारी संस्था रेडियो नेपालले नोकरी गर्न दिएन बाध्य भएर राजिखुसीले होइन बाध्यताले जागिर छोड्नु पर्यो । सरकारी सस्थाले त नोकरी गर्न दिएन भने निजी कम्पनीले त झन पक्कै दिदैन यस्तो अबस्थामा जगजाहेरै छ । यति बेला मेरी जीवनमा पनि यही परिवार बोकेर भिख माग्नु पर्ने अबस्था सम्म आउन सक्ने अनुमान गरे मैले । हो यो समस्या मैले भोगेपछी बल्ल थाहा भयो सडकको चोक चोक बजारमा बच्चा बोकेर भिख किन माग्न बाध्य हुँदा रहेछन भनेर । जब आफुलाइ पर्छनी तब मात्र अरुको समस्या र पीडाको बारेमा थाहा हुने रहेछ । यो मेरो बुझाइ रहयो ।
मेरो श्रीमतिको उपचार पश्चात करिव ८० प्रतिशत सुधार भएकोले केही राहत भएको छ । छोरीको नियमित थेरापी गरिरहेकोले अटिजमको लेबलमा बृद्धी भएको छैन नियन्त्रणमै छ । थेरापीको शुल्क पनि नेपालमा उच्चछ । सामान्य परिवारले बहन गर्न पक्कै सकिदैन । म स्वयंले सकिन पछिल्लो पटक मासिक ५०/६० हजार भन्दा बढी अनि समय पनि त्यती नै लाग्ने जसले गर्दा मैले भनि हाले रेडियो नेपालका ब्यवस्थापकले यो समस्याको बारेमा बुझन नसक्दा रेडियो नेपालको जागिरनै छोडनु पर्यो । एकातिर यात्रौ खर्च अर्कोतिर आयश्रोत बन्द अब सोच्नुस अबस्था कस्तो भयो होला । थेरापी गर्न आउने अन्य बच्चाका अविभावकको कुरा सुन्दा त झन पीडादायी थियो । एउटा बच्चाको अबिभावकको आमा मैले जस्तै बच्चालाई थेरापी क्लिनिकमा ल्याउने र लाने बच्चालाइ हेर्ने स्कूलले पनि लिन मानेको छैन रे र बुवाको एउटा अक्सिजन प्लान्ट कम्पनीका नोकरी तलब मासिक २०/२५ हजार मात्र यो तलबले पनि पुग्दैन रे थेरापी गर्न । अर्को एउटा बच्चाको अबिभावक सरकारी शिक्षक हुनु हुदो रहेछ नेपालको पूर्वी पहाडी भेग पाँचथरको एक सरकारी बिद्यालको तर त्यो बिद्यालय साँच्नै बिद्यालय रकेछ रेडियो नेपाल जस्तो रहेन छ त्यो बिद्यालले ब्यवस्थापनले यो कर्मचारी परिवारको समस्या बुझेर बिदा सम्म मिलाएर काठमाण्डौ आउन दिएको रहेछ । तर सिंहदरवारमा रहेको कार्यालय जसले सम्पुर्णलाइै सुविचार सिकाउछ त्यो संस्था हो रेडियो नेपाल त्यहाको ब्यवस्थापकको सोच देख्दा..........
यस्तो समस्या धेरैको हुने रहेछ । कसैको आर्थिक अबस्थाले ब्यहोर्न सक्छ तर मध्यम र निम्न बर्गको परिवारलाइ कठिन नै हुन्छ । नेपालको जनगणना २०७८ अनुसार ४ हजार ८ सय ८६ जना अटिजम छन भन्ने तथ्यांक छ तर यो संख्या बढी छ । हाम्रो बच्चा यो तथ्यांकमा सामेल छैन । सरकारले कार्ड परिचय पत्रको ब्यवस्था गरेको छ त्यो पनि पाएका छैनौ थेरापी गर्न आएका बच्चामा करिव ६० प्रतिशत भन्दा बढीसंग अटिजम परिचय पत्र छैन यो परिचय पत्र लिने प्रकृया झमेला र कतिलाई थाहा नभएर लिन नपाएका छैनन । त्यसैले यो तथ्यांक भन्दा पनि बढी छ नेपालमा अटिजमको संख्या । परिचय पत्र कसरी लिने त्यो बारेमा पछि फेरी चर्चा गर्ने छु । आज मैले मेरो मनका कुरामा यत्ती राखे
यस्तै पीडा साथीकोदाजु बासुदेब घिमिरेलाई परेको रहेछ । बोनम्यारोको उपचार गनुपर्ने । त्यसैले यसै भिडियो मार्फत सहयोगको पनि याचना गरिएको छ ।
यदि तपाइलाई यस्ता अटिजम भएका बालबालिकालाई केही आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने आहीलाई सम्पर्क गर्नसक्नु हुनेछ । हामी हातेमालो गर्न चाहन्छौ ।
palikhebishal@gmail.com
+977-9808251828