Mannka kura 12 || सम्पत्ती ३ प्रकारको हुन्छ || मनका कुरा श्रृंखला १२ ||

प्रायः धेरैको घर परिवारमा कलह हुने गरेकोछ । घर परिवारमा कलहको धेरै कारणहरु हुन सक्छ ति मध्य एक कारण सम्पत्तीको कारण हुन सक्छ । सम्पत्तीको बारेमा राम्ररी जानकारी नभएको कारणले गर्दा यस्ता खालका झगडा हुन सक्छ । सामान्यतया सम्पत्तीको बारेमा राम्रो जानकारी नभएको कारण पारिवारीक झैझगडा हुने मेरो अनुमान छ । 
यो झगडा नियमन गर्न सबैभन्दा पहिला सम्पत्तीको बारेमा राम्रो जानकारी हुनु जरुरी छ ।

कानूनले जुनसुकै ब्याख्या गरेता पनि सम्पत्ती ३ प्रकारको हुन्छ ।
१. पैतृक सम्पत्ती
२. आस्रित सम्पत्ती
३. आर्जित सम्पत्ती

पैतृक सम्पत्तीः
आफ्ना हजुर वुवा भन्दा माथीको परिवारमा बाँडिदै र जोडिदै आएको सम्पत्तीलाई पैतृक सम्पत्ती भनिन्छ । यो परिवारमा बराबर भाग लाग्ने गर्दछ ।

आस्रित सम्पत्तीः
आफ्ना बुवाआमाले आफुले जन्माएका सन्तानको पालन पोषण तथा बिभिन्न कार्यको लागि आबश्यकता पर्न सक्छ भनेर आफुले आर्जन गरेको सम्पत्तीलाई आस्रित सम्पत्ती भनिन्छ । जुन आफ्रना सन्तानको आबश्यकता अनुसार खर्च गरिन्छ वा आबश्यकता अनुसार सन्तानमा हस्तान्तरण गरिन्छ ।

आर्जित सम्पत्तीः
आफैले आर्जन गरेको सम्पत्तीलाई आर्जित सम्पत्ती भनिन्छ । यहि आर्जित सम्पत्तीको बारेमा प्रष्ट ब्याख्या नहुदा सम्पत्तीको कारण घरपरिवारमा कलह हुने गर्दछ ।

यदि आर्जित सम्पत्ती आफुले पैतृक सम्पत्तीको प्रयोग गरेर कमाएको भए परिवारमा आर्जित सम्पत्तीमा पनि बराबर हक लाग्छ । आर्जित सम्पत्ती पैतृक वा आस्रित सम्पत्ती प्रयोग नगरी कमाएको छभने त्यो आर्जित सम्पत्तीमा परिवारका दाजुभाइमा समान बितरण गर्नु पर्दैन यही कुराको बारेमा पुर्ण जानकारी नहुदा दाजुभाइमा झगडा हुने गर्दछ । बाँकी यो भिडियोमा