पुराना घरहरु किन ४ तल्लाको हुन्छ ? |...

नेपाली पुराना घरहरु किन ४ तल्लाको हुन्छ ?

नेपालका पुराना घरहरु प्रायः ४ तल्लाको हुन्छ अझ नेवार समुदायको बसोबास गर्ने ठाउँका घरहरु ४ तल्लाको हुन्छ । सबैभन्दा माथीको तल्लालाई बुइगः (बुइगल), त्यो भन्दा तलको च्वतः, त्यो भन्दा तल मातः र सबैभन्दा तलको तल्ला भर्थात भुइतल्लालाई हत्ते कतैकतै छेली वा छेदी पनि भन्ने गर्दछ । अनि पहिला पहिलाको घर प्यागोडा शैलीको हुनुको साथै ढुंगाको इट्टाको छाना हुने गर्दथ्यो । त्यसैले सबैभन्दा माथीको तल्ला अर्थात बुँइग वा बुँइगलमा अन्न भण्डारण गर्ने गरिन्थ्यो त्यसको तल्लो तल्ला च्वतमा भान्छाका साथै बैठक आदी र मातमा सुत्नेकोठा र सबैभन्दा तलको कोठामा पसल आदी राख्ने गरि बनाएको हुन्थ्यो । यो अतिनै बैज्ञानिक तवरले बनाएको मानिन्छ । 

सबैभन्दा माथीको तल्लामा अन्न भण्डारण गर्दा माथी छानाको तातो र त्यो भन्दा तलको तल्लाको चुल्होको धुँवा र तातोले सबैभन्दा माथीको तल्लामा भण्डार गरेको अन्न बिग्रनबाट बचाउने गर्दथ्यो । पहिलो तल्लामा भने बस्ने वा सुत्ने कोठा बनाएको हुन्थ्यो । पहिलो तल्लामा सुत्ने कोठा बनाउदा सबैभन्दा तल्लो तल्लामा धेरै चिसो हुने सबैभन्दा माथिल्लो तल्ला धेरै गर्मीहुने भान्छा भन्दा तल चिसो र तातो कम हुने भएकोले त्यो क्षेत्रमा बेडरुम बनाउने गर्दथ्यो भने सबैभन्दा तलको तल्लामा पसल राख्ने गरेर बनाएको हुन्थ्यो यो एकदमै बैज्ञानिक तरिकाको हुने गर्दछ ।