यात्रा पायलट बाबा आश्रमसम्मको



पाइलट बाबा एक ऋषिको नाम हो जो भारतिय वायुसेनामा नोकरी गर्दथे । जसले युद्ध र मानव द्वन्द्वको प्रभाव देखेर साँचो शान्ति खोज्न पाइलटको जागिर छोडे। पाइलट बाबाले ७ वर्षमा हिमालय हुँदै १६ सय माइलको यात्रा गरेका छन् । उनी कहिल्यै १० हजार फिटभन्दा तल ओर्लिएनन् । पायलट बाबाको आश्रम भारतको नयाँदिल्ली, हरिद्वार, नैनिताल, उत्तरकाशी, बृन्दावनमा छ भने नेपालको भक्तपुरमा पनि छ । तर हामीभने नेपालको भक्तपुरमा रहेको पायलट बाबाको आश्रमसम्मको यात्रा गर्दैछौ । 




कसरी पुग्न सकिन्छ त पायलटबाबा आश्रम भक्तपुरमा ?


पायलट बाबाको आश्रम काठमाण्डौं उपत्यकाको व्यापक दृश्यहरूदेखिने सुन्दर पहाडमा अवस्थित छ। पैदल यात्रा मध्यम रूपमा सजिलो छ, किनकि यो अनुमानित २१३३ फिट उचाइमा अबस्थित छ । यसका साथै सवारी साधन आश्रमसम्मनै सहज पुग्छ ।
हामी काठमाण्डौको रत्नपार्क स्थित भक्तपुर सुर्यविनायकसम्म चल्ने बसको शूरुवाति बिन्दुदेखी पायलटबाबाको आश्रमसम्म पुग्न सक्ने यात्रा बिबरण दिदैछौ । तपाइ रत्न पार्क बागबजारमा रहेको भक्तपुर बसपार्कबाट बसको यात्रा शुरु गरेर भक्तपुरको सुर्यबिनायक चोक सम्मको बसको यात्रा गर्न सक्नु पर्छ । त्यसपछी सुर्यबिनायक चोकबाट अर्को गाडी लिएर सुर्यबिनायक मन्दिर तिरको यात्रा गर्नु पर्ने हुन्छ । सुर्यबिनायक मन्दिरपुगेपछी बाँया तर्फको बाटोतिर यात्रालाइ अगाडी बढाउनु पर्छ ।  लगभग ५  किलोमिटरको यात्रा पछि पायलट बाबा आश्रम पुगिन्छ । प्रबेशद्वारमा केही रकम शुल्क बुझाएपछी तपाइ पायलट बाबा आश्रम भित्र प्रबेश गर्न पाउनुहुन्छ । 

बाँकी यो भिडियोमा